11.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

पुनर्उत्पादन कटान प्लट अनुगमन र अग्नी नियन्त्रण सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट ।
पारिजात सामुदायिक वन उपभोक्ता समूह बर्दघाट–४ बर्दघाट पश्चिम नवलपरासीकाे आयोजनामा पुनर्उत्पादन कटान प्लट अनुगमन र अग्नि नियन्त्रण सम्वन्धि छलफल तथा सुझाव संकलन कार्यक्रम शुक्रबार समूहकाे कार्यालय मा सम्पन्न गरेको छ ।

बर्दघाट नगरका बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु, बर्दघाट सरावल वन सव डिभिजन कार्यालयका कर्मचारी, बर्दघाट नगरपालिका वन वातावरण फोकल पर्सन र पत्रकारहरु सहितको टोलीलाई आफ्नो वन क्षेत्रमा गरीएको पुर्नरुउत्पादन कटान प्लट अनुगमन गरे पछि, कार्यालयमा अग्नि नियन्त्रण सम्वन्धि छलफल तथा सुझाव संकलनकाे कार्यक्रममा सहभागि गराएको थियो ।

समूहका अध्यक्ष कमानसिंह थापाको अध्यक्षता र बर्दघाट सरावल सव डिभिजन वन कार्यालयका प्रमुख बलराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वन कार्यालयका प्रमुख पोखरेलले बाेल्दै, बर्दघाट नगरकाे बर्दघाटमा रहेको यस पारिजात वनले राम्रो कार्य गरेको प्रशंसा गर्दै,  वन जंगलमा हुने आगलागी नियन्त्रण गर्न जादा झ्यापै आगाेले टिप्ने खालको कपडा लगाएर जादा आफै जल्ने सम्भाव हुने हुदा लगाएकाे कपडामा ध्यान दिनु पर्ने जानकारी दिदै, अग्नि नियन्त्रण गर्नकोलागि छुट्टै तालिम गरि अग्नी नियन्त्रकहरू तयारी अवस्थामा राख्नु पर्ने  सुझाब दिनु भएको थियो ।

अनुगमनमा पुर्नरुउत्पादन कटान प्लट अनुगमन को प्रभावसंगै समूहले गरेका कामहरु र त्यसको परिणमका वारेमा स्थलगत जानकारी समूहका अध्यक्ष कमान सिंह थापा र पूर्व अध्यक्ष चुडामणी भण्डारीले समूहले गरेको कामको परिणाम आउन अझै समय लाग्ने बताउनुभयाे ।
अनुगमन पश्चात समूहकाे कार्यालयमा बर्दघाट नगरपालिका वन वातावरणका फोकल पर्सन कृष्ण बहादुर थापा, नेपाली काँग्रेसका नगर सभापति दामोदर जि.सी. , नेकपा एमालेका नगर सचिव चोलाकान्त भट्टराई,  राष्टिय प्रजातन्त्र पार्टीका भोजराज ढकाल, नेकपा माओवादी क्रान्तिकारी पार्टीका ज्ञान बहादुर, राष्ट्रिय जनमुक्तिका शेरबहादुर थापा लगाएतले बाेल्दै, वनको संरक्षण गर्न चुनौति रहेको र अहिलेको समयमा वनमा हुने आग्लागीको नियन्त्रण गर्नकालागि वन समूहले अग्नि नियन्त्रकहरु तयार गरेर राख्नु पर्नेमा जाेड दिए ।

कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन समितिका जिल्ला महासचिव चुरामणी भण्डारी, पत्रकारहरूकाे तर्फबाट बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल, वन समूहका निर्वतमान सचिव पशुपति न्यौपाने, पूर्व अध्यक्ष राम भण्डारी लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।
पारिजात सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राज बहादुर पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव दिल कुमारी कुंवरले गर्नु भएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme