9.5 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा भाषा शुद्ध लेखन २ दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट प्रज्ञा प्रतिष्ठानले द्विवसिय नेपाली भाषा लेखन प्रशिक्षण तथा गोष्ठी सम्पन्न छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट नगरपालिकाको भाषा, कला, र साहित्यको उजागर गर्दै आइरहेको प्रतिष्ठानले विभिन्न संघ सस्था र कार्यलयका प्रतिनिधिलाई लक्षित गरि भाषा शुद्ध लेखन सम्बन्धि प्रशिक्षण कार्यक्रम आईतवार सम्पन्न गरिएको हो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्याैपानेकाे अध्यक्षता भाषा आयोगका सदस्य अमर गीरीकाे प्रमुख आतिथयतामा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि गिरीले बाेल्दै, हरेक भाषाका आफ्ना बिशेषताहरु रहेकाेले नेपाली भाषाका पनि विशेषता रहेको चर्चा गर्नुभयो । नेपाली भाषाका बिशेषतालाई चिन्न नसक्दा हिज्जेमा बिबाद आएकाे बताउनुभयो । नेपाली भाषा बिज्ञहरु मध्ये एक थरीले सस्कृत अनुसार चल्नु पर्ने र अर्को थरीले भाषा सरलिकृत अनुसार अगाडी बढ्नु पर्ने बताउदै, सस्कृत बैज्ञानिक भाषा रहेको तर यो जनबलीको भाषा किन हुन नसकेको भनी प्रश्न गर्नुभयो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले, शैक्षिक क्षेत्रमा नै सबै भन्दा पहिले भाषिक शुद्धता अनुशासन हुनु पर्नेमा जाेड दिदै, भाषागत बिकासकालागी भाषागत शुद्धता आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा शिक्षा र भाषाको शुद्धताकाे बिषयमा शेषकान्त पौडेल, डाक्टर श्याम प्रसाद न्यौपाने, शेषकान्त पौडेल, डाक्टर बालकृष्ण चापागाईं, डाक्टर हरि प्रसाद घिमिरे लगाएतले मुलुक समृद्ध गर्ने र भाषागत बिकासका लागी भाषागत शुद्धता र शुद्ध भाषा लेखनमा ध्यान दिनु पर्ने, सञ्चार र भाषा, प्रशासनिक भाषा लेख्य र कत्थ्य सम्बन्धि कार्य पत्र प्रस्तुत गर्नु भएको थियोे ।
कार्यक्रमका वक्ताहरुले भाषाले ब्यक्तिको व्यक्तित्व झल्काउने र बौद्धिकताको बोध गराउछ ।” कार्यपत्र माथी टिप्पणी गर्दै प्रशासनबाट हुने त्रुटिका कारण दु:ख पाएको उल्लेख गर्दै, भाषागत त्रुटि कम हुनु पर्नेमा जोड दिनु भयो ।
गोष्ठीमा शिक्षकहरुकाे तर्फबाट शिक्षीका निर्मला न्यौपाने, सञ्चार क्षेत्रबार नेपाल पत्रकार महासंघका पूर्व काेषाध्यक्ष प्रकाश न्यौपाने र निजामती कर्मचारीहरुको तर्फबाट हीमा वन लगायतलेे समापन कार्यक्रममा बाेल्दै, दुई दिनकाे प्रशिक्षण र गोष्ठी प्रभावकारी भएको र आगामी दिनमा पनि सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य दिप प्रकाश लोहनीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सदस्य सचिव शरद पौडेलले गर्नु भएको थियो । गोष्ठीमा विद्यालयका शिक्षक-शिक्षिका, सामाजिक संघ संस्थाका प्रतिनिधि गरी ६० जनाको सहभागिता रहेको शक्ति पाैडेलले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme