सृजित रेग्मी, बर्दघाट। नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ९ पञ्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माध्यमिक विद्यालयले स्थापनाकाे ५० वर्ष पुरा गरेकाे अवसर पारेर आज आइतवार स्वर्ण जयन्ती मनाउदै छ ।
विद्यालयकाे स्वर्ण जयन्ती मनाउने तयारी अन्तिम चरणमा पुगेको बिहीवार पत्रकार सम्मेलनकाे आयोजना गरी जानकारी गराइएको हाे । पुस १५ गते देखि पुस २१ गतेसम्म स्वर्ण जयन्ति मनाउने कार्यक्रम तय गरिएकाे जानकारी गराइएकाे थियाे ।
स्वर्ण जयन्तिको पहिलो दिन १५ गते प्रभातफेरी, समुद्घाटन, स्मारक लोकार्पण, पिटी, शुभकामना मन्तव्य, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।
दोस्रो दिन १६ गते जिल्ला स्तरीय वक्तृत्वकला, खेलकुद, पूर्व शिक्षक सम्मान तथा शुभकामना, साँस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
तेस्रो दिन १७ गते संस्थापक, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक अभिभावक संघ, विद्यालयमा विभिन्न उप–समितिमा रहेर काम गर्नुभएका समाजसेवीहरूलाई सम्मान, नगरपालिका स्तरिय खुल्ला म्याराथुन प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
चौथो दिन १८ गते साँस्कृतिक कार्यक्रम, चन्दादाता, दानदाताहरूलाई सम्मान तथा शुभकामना, जलपान, खाना महोत्सव, रक्तदान कार्यक्रम र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
पाचौँ दिन १९ गते पूर्व विद्यार्थी पुर्नमिलन, सम्मान तथा शुभकामना, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ ।
छैठौँ दिन २० गते जिल्ला स्तरिय भलिबल प्रतियोगिता फाइनल, साँस्कृतिक कार्यक्रम, खाना महोत्सव, जलपान, बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको छ भने कार्यक्रमको अन्तिम दिन ( सातौँ दिन) २१ गते दिप प्रज्वलन, स्मारिका विमोचन, साँस्कृतिक कार्यक्रम, सम्मान, खाना महोत्सव, जलपान तथा समापन र बेलुका दिप प्रज्वलन कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
स्वर्ण जयन्ति सञ्चालनको लागि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकाे छ । संविधान सभा सदस्य बिक्रम खनालको संयोजकत्वमा ५९ सदस्यीय मूल समारोह समिति र २६ वटा उप–समिति गठन गरिएको छ ।


















