26.1 C
New York
Wednesday, May 27, 2026

Buy now

spot_img
spot_img

अनुमाघाट मेलामा लाखौं दर्शकले गरे मेला अवलोकन, कुस्तीमा भारतकाे पहलवान प्रथम

- Advertisement -

संजय कुशवाहा । नवलपरासी जिल्लाको सुस्ता गाउपालिका वडा न.५ पक्लिहवाको अनुमाघाटमा संचालन गरिएको मेला सोमबार सम्पन्न भएको छ ।

मेलाका विशेष आकर्षक रहेको बिराट दंगल कुश्ती प्रतियोगिताको प्रथम विजेता भारत केशरी रामाश्रय पहलवान विजेता बनेका थिए भने द्वितिय भारतको हरियाणा बस्ने राहिल पहलवान विजेता भएका छन भने तृतियमा भारतको महराजगंज जिल्लाका बृजेश पहलवानले हाथ पारेका छन ।

प्रथम हुने पहलवानलाई एक मुस्ट ३२ हजार नगद द्वितिय हुनेलाई २० हजार नगद र तृतिय हुनेलाई एक मुस्ट १० हजार नगद प्रदान गरिएको थियो । बिराट कुश्ती दंगल परतियोगीतामा कुल २२ जोडी पहलवान प्रतिष्पर्धा गरेका थिए । वडाध्यक्षको अध्यक्षतामा भएको कुश्तीमा निर्वाचन क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य देवकरण कलवार (सन्तु ) को प्रमुख अतिथ्यता रहेको थियो ।

सो अवसरमा सुस्ता गाउँपालिका प्रमुख टेक नारायण उपाध्याय, समाज सेवी ओम प्रकाश जयसवाल, रवीन्द्र जयसवाल, भरत भुवाल चौहान, राजेश कुशवाहा पहलवान लगायतको उपस्थिती रहेको थियो । आउने दिनमा अनुमाघाट मेलालाई अझै ब्यवथस्थित बनाउनुपर्नेमा प्रदेश सभा सदस्य कलवारले जोड दिनु भएको थियो ।

एतिहासिक एवं पर्यटकिय क्षेत्र नारायणीनदिको किनारमा कार्तिक पुर्णिमाका दिन लाग्दै आएको मेलामा नेपाल भारत र बिहार बाट करिब १ लाख भन्दा बढि श्रद्धालुभक्तहरु दर्शन गर्न आएको मेला ब्यवस्थापन समितिले दावी गरेको छ । नारायणी नदीमा स्नान र स्नान पश्चात शिव मन्दिरमा पुजा गरेपछि मनोकामना पुरा हुने विश्वास छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme