11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

चल्न छाड्यो टिकटक, केही इन्टरनेट सेवा प्रदायकको अझै आनाकानी

- Advertisement -

काठमाडौं : नेपालमा टिकटक बन्द भएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै  मंगलबार बन्द भएको हो। अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक एपमा प्रतिबन्ध लगाए पनि केहीले भने अझै आनाकानी गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ। 

त्यस्ता इन्टरनेट सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। प्राधिकरणले विज्ञप्ति जारी गरेर सरकारको निर्णय अटेर गर्ने इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। 

‘प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुनसक्ने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme