15.7 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

माओवादी, जनमत हुँदै कुशवाहा अब एमालेमा

- Advertisement -

गत वैशाख १० गतेको उपनिर्वाचनमा उपेन्द्र यादवसँग पराजित भएका शिवचन्द्र कुशवाहा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

उनलाई बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनीसहित माओवादीका जिल्ला तहका नेताहरू पनि एमाले प्रवेश गरेको उनले बताए।

कुशवाहाले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा-२ मा माओवादी केन्द्रबाट उम्मेदवार बनेर १३ हजार ४६८ मत ल्याएका थिए। त्यहाँबाट निर्वाचित रामसहायप्रसाद यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जसपाका उपेन्द्र यादवलाई समर्थन गर्‍यो।

त्यसपछि उनी माओवादी परित्याग गरी सिके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका थिए। उपनिर्वाचनमा जनमतबाट बारा-२ को उम्मेदवार बनेका कुशवाहा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए। कुशवाहालाई गत साउनमा नेतृत्वविरूद्ध गुटबन्दी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

माओवादी परित्याग गरेका कुशवाहा एक वर्षको अन्तरालमा दुई पटक पार्टी बदल्दै एमाले आइपुगेका हुन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme