बझाङमा लगातार पाँचपटक भूकम्पको धक्का महशुस

59

बझाङ : बझाङमा लगातार पाँच पटक भूकम्पको धक्का महशुस भएको छ । पहिलो भूकम्प बझाङको तल्कोटलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको गएको छ भने दोस्रोपटक बझाङको भातेखोला केन्द्रबिन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

त्यसपछि पनि लगातार तीन पराकम्पको महशुस भएको छ । स्थानीय खुल्ला चौर र सडकमा बसिरहेका छन् । सामाजिक सञ्जालमा क्षति भइरहेका खबर आइरहेका छन्। कतिपय स्थानमा घरमा क्षति पुगेको जनाइएको छ।

क्षतिको यकिन विवरण आउन बाँकी छ।