मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाँचै जना नागरिक मेक्सिकन

68

काठमाण्डाैं । मंगलबार बिहान सम्पर्कविहीन भएको ९एन–एएमभी नम्बरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको लमजुरामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।

यो क्षेत्र जिरी र फाप्लुको बीचमा पर्दछ । विमानमा ६ जना थिए ।

क्याप्टेन चेतबहादुर गुरुङ र पाँच मेक्सिकन नागरिक रहेको मनाङ एयरका अपरेशन तथा सेफ्टी म्यानेजर राजु न्यौपानेले जानकारी दिए ।