भारत र चीन द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार

42

अन्तरराष्ट्रिय समाचार एजेन्सी । भारत र चीनले तनावपूर्ण अवस्थालाई द्विपक्षीय ढंगबाट सम्बोधन गरी सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएका छन् ।
चीनको सिन्ह्वा समाचार संस्थाले दुई मुलुकहरु द्विपक्षीय सम्बन्धलाई सुधार गर्न तयार रहेको जनाएका हुन् ।
हालै दुई मुलुकका विदेशमन्त्रीहरु बीच जी २० को शिखर सम्मेलनको क्रममा भएको भेटवार्ता पछि यसप्रकारको टिप्पणी आएको हो । उक्त भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री चिन गाङ बीच भविष्यमा हुने सहकार्य, जनस्तरको सम्बन्ध र सीमा क्षेत्रमा कायम अवस्थालाई सुधार गर्ने विषयमा छलफल भएको बताइएको छ ।
दुई मुलुकबीच मतभेद भन्दा साझा हित र चासो धेरै रहेको उल्लेख गर्दै चिनियाँ विदेशमन्त्री चिनले सीमामा कायम तनावपूर्ण अवस्थालाई सुधार गर्नुपर्ने बताए ।
त्यसैगरी भारतीय विदेशमन्त्री जयशंकरले चीन सँगको द्विपक्षीय सम्बन्धलाई ऐतिहासिक एवम् रणनीतिक दृष्टिकोणबाट हेरिनुपर्ने उल्लेख गर्दै सीमामा जारी तनाव विस्तारै सुधार हुँदै गएको बताएका थिए ।
पछिल्ला केही वर्षयता सीमामा जारी तनाव र कूटनीतिक मतभेदका कारण सम्बन्धमा चिसोपन बढ्दै गएको बेला दुई मुलुक सम्बन्धलाई सुधार गर्न तयार भएको सुखद पक्षको रुपमा मानिएका छन् । सिन्ह्वा ।