स्रोत नखुलेको नेपाली नगदसहित पक्राउ

42
Nepal national currency

मोरङ ।

            विराटनगर महानगरपालिका-१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सिआरभि घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।