एका विहानै सवारी दुर्घटना, चालककाे ज्यान गयाे

38

नवलपरासी । सुनवलमा सुक्रवार विहान ६ बजे भएकाे सवारी दुर्टनामा परी पिकअप चालककाे ज्यान गएकाे छ । अन्य घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१ नं. पिकअप र विपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नं. को कोइला लोड गरेको ट्रक सुनवल न.पा. ४ अल्कत्रेडाडामा एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा चितवन भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने बर्ष ५२ को राजकुमार बि.क. काे ज्यान गएकाे प्रहरीले जनाएकाे हाे ।

ई.प्र.का. सुनवलबाट प्र.नि. विष्णु प्रसाद पौडेलको कमाण्डमा ५ जनाको टोली खटिगई स्थानीय मानिसहरुको सहयोगमा पिकअप  चालक जिल्ला चितवन भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने बर्ष ५२ को राज कुमार बि.क. को टाउको र शरिरको विभिन्न भागमा चोट लागी घाइते अवस्थामा रहेकोले तत्काल उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल परासी पठाईएकोमा ०७:१५ बजे डाक्टरले मृत्यु घोषण गरेको र शव सोही अस्पतालमा रहेको जनाइएकाे छ।
साथै सो पिकअपमा सवार भरतपुर महानगरपालिका २३ बस्ने बर्ष २५ को शिव श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागी घाइते भएकोले निजलाई समेत उद्धार गरि उपचारको लागी देवदह मेडिकल कलेज भलुहीमा पठाईएको र अवस्था मध्यम रहेको बताइएकाे छ।

ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउंपालिका वार्ड नं ३ हांडिखोला बस्ने बर्ष ४८ को कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटना के कसरी हुन गएको हो ? भन्ने बिषयमा आवस्यक अनुसन्धान भैरहेको बताइएकाे छ ।