निःशुल्क आँखा शिविर सम्पन्न

63

कपिलवस्तु । शिवराज नगरपालिका–१० लालपुरमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

शिविरमा २५० जनाको आँखाको परीक्षण गराएका छन् । जसमध्ये ८२ जनामा मोतियाबिन्दु फेला परेको वडा अध्यक्ष मंजू मिश्राले बताए ।

मोतियाबिन्दुको समस्या देखिएका बिरामीको रण अम्बिका आँखा अस्पताल कृष्णनगरमा निःशुल्क रुपमा शल्यक्रिया हुने बताइएको छ । शिविर शिवराज नगरपालिका वडा नं १० को सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको हाे ।

शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताइएकाे छ ।