नवलपरासी प्रहरीले अवैध तवरले नेपाल भित्रिएकाे ५ लाख बराबरकाे चिनी बरामद गरेकाे छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी बसहिया र सशस्त्र प्रहरी बेस क्याम्प गुठी प्रसौनीबाट खटिएको संयुक्त टोलीले गस्ति गर्दै जाने क्रममा कार्तिक २६ गते प्रतापपुर गाउँपालिका वडा नं. ५ बेदौली स्थित सडक छेउमा बेवारिसे अवस्थामा रहेको चिनी बरामद गरेकाे छ ।
प्रहरीले १ सय २५ बोरा चिनी फेला पारी बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाएकाे जनाएकाे छ ।
उक्त चिनीको कसको हाे ? हालसम्म नखुलेको, अनुसन्धान कार्य जारी रहेको बताइएकाे छ ।





