नवलपरासी ।
सुस्ता गापा ४ गोकुलनगरबाट वनभाेज गएका स्थानीय ७ जना ब्यक्तिहरु मध्ये फर्किने क्रममा डुङ्गा पल्टिदा साेमवार ३ जनाकाे ज्यान गएकाे छ भने २ जना गम्भिर घाइते भएका छन् ।
सांझ सवा ६ बजेकाे समयमा भएकाे डुङ्गा दुर्घटनामा परि ज्यान गुमाउनेमा नवलपरासी जिल्ला सुस्ता गा.पा. ४ गोकुलनगर बस्ने बर्ष अं. २२ को गुड्डु हरिजन, बर्ष अं. १८ को निरज हरिजन र बर्ष अं. १८ को रन्जित गुप्ता रहेका छन् ।
नर्सही घोला पारी पटनहिया स्थितमा बनभोज गएकोमा बनभोज सकिए पश्चात ५ जना व्यक्तीहरु डुङ्गामा चढी फिर्ता हुने क्रममा अचानक डुङ्गा नर्सही घोलामा पल्टिन गई डुबिरहेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी चौकी नर्सहीबाट प्रसनि जनार्दन यादवको कमाण्डमा गएकाे ४ जनाको प्रहरी टोलीले उद्धार गरेकाे थियाे ।
घटना स्थलमा खटि गई स्थानियको सहयोगमा पांचै जनालाई वेहोस अवस्थामा उद्धार गरी उपचारको लागि सहिद स्मृति अस्पताल चौपता पठाएकोमा निजहरु मध्ये निम्न ३ जनाको सवा ८ बजेकाे समयमा उपचारको क्रममा मृत्यु भएको र अन्य २ जनाको सोही अस्पतालमा उपचार भैरहेको नवलपरासी प्रहरीले जनाएकाे छ ।

घाइते हुनेहरूमा बर्ष २२ को स्थानीय किशाेर हरिजनकाे अवस्था सिरियस रहेकाे छ भने त्यस्तै बर्ष अं. १५ को सोहित सहानिकाे अवस्था सामान्य रहेकाे छ । बनभोज गएका अन्य २ जना मर्चहवा गाउँ तर्फको बाटो हुदै घर फर्केको प्रहरीले जनाएकाे छ ।
डुङ्गा के कसरी पल्टन गएको भन्ने बिषयमा अनुसन्धान कार्य भैरहेको जनाइएकाे छ।





