नवलपरासी
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नं १ का उमेदवार बिनोद चौधरीले आफुले जनतासामु गरेका प्रतिबद्धताहरुमा जनताले गुनासो गर्ने मौका नै नदिने बताएका छन् । मैले आश्वासन दिन जान्दिन नसक्ने कुरा बोल्दिन मैले गरेका प्रतिबद्धता क्यामेरामा र जनताको मस्तिष्कमा रेकर्डेड छन् याद गर्नुहोला उनले भने जनताको आखामा आखा जुधाएर बोलेको छु मलाई कुनै लगुताभास छैन जति बोल्छु त्यति गरेर देखाउँछु ।
नेपाली कांग्रेसले बर्दघाट १ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उमेदवार चौधरीले यस क्षेत्रको सडक संजाल,स्वास्थ्य,शिक्षा,बेरोजगारी जस्ता सबै समस्याको समाधानकालागि आफु प्रतिबद्ध रहेको बताए । जनताले जिताएमा बुदागत रुपमा आफुले गरेका प्रतिबद्धतामा जनताको माझमै बसेर जवाफ दिन तयार रहेको उल्लेख गरे ।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उमेदवार विश्वप्रम पाठकले आम जनताको जनजिविका र जिविकोपार्जनका लागि बोलिदिने व्यक्तिलाई सदनमा पठाउनु पर्नेमा जोड दिए । एकता नै बल भएको बताउदै उमेदवार पाठकले सबै जनता अब बिकासका लागि एक भएर अघि बढेनुपर्ने बताए .





