राजन कुमार बानिया पर्सा ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बगडाडोबमा पाठे बाघ मृत फेला परेको छ ।
राष्ट्रिय वनबाट करिब तीनसय मिटर दक्षिण भलुवाही खोला नजिकै मृत बाघ आईतबार फेला परेको हो । मृत भेटिएको ९ फिट ४ इन्चको बाघको दुईवटा खुट्टा काटेर लगेको पाईएको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।
तीनचार दिन अघि नै मरेको बाघको मृत शरीरबाट दुर्गन्ध पनि आउन थालेको डिभिजन वन कार्यालयका प्रवक्ता फरमान मियाँले जानकारी दिनुभयो ।
मृत बाघको चितवनबाट आएको प्राविधिक विज्ञहरुको टोलीले पोष्ट मार्टम गरेपछि मृत बाघ लाई स्थानीय जनप्रतिनिधि नेपाली सेना निकुञ्ज कर्मचारी बन कर्मचारी र सन्चारकर्मीको रोहवरमा सब डिभिजन बन कार्यालय को कम्पाउण्ड मा गाडिएको डिभिजन बन कार्यालय पर्साका प्रमुख डिभिन बन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिनुभयो।





