मिर्मिरे लघुवित संस्था लिमिटेडले आफ्नो १३ वर्षमा प्रवेश गरेको शुभ अवसरमा फर्निचर समान वितरण

44

राजन कुमार बानिया, पर्सा ।

मिर्मिरे लघुवित संस्थाले १२ओैँ वार्षिकाेत्सवकाे अवसरमा प्रहरी चौकीलाई फर्निचर समान प्रदान गरेको छ । संस्थाकाे लङ्गडी शाखाले यस अवसरमा विभिन्न कार्यक्रमका साथ उत्सव मनाईरहेको सुवर्णपुर शाखाका शाखा प्रमुख महमद मकसुद अंसारीले जानकारी दिनुभयो ।

मिर्मिरे लघुबित बितिय संस्थाले आयोजना गरेको फर्निचर वितरण कार्यक्रमको अध्यक्षता संस्थाको लङ्गडी शाखाको शाखा प्रमुख किरण कुमार परियारले गर्नुभएको थियो । यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै संस्थाकाे उद्देश्य अनुरूप मुलुकको गरिबी निवारणमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बार्सिक उत्सव कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त देवेन्द्र प्रसाद कुर्मि, किरण कुमार परियार, फनिन्द्र साह, दिपेन्द्र चौधरी, रितेश चौहान, सुरेश महतो थारु, प्रहरी चौकी प्रमुख गगनदेव भगत माली तथा गाउँलेहरुको सहभागिता रहेको थियो।