रंजीत शर्मा/ नवलपरासी ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ बेलासपुरमा ५८औं राष्ट्रिय बाल दिवसकाे अवसरमा चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।
बालमैत्री समाजकाे आधार; जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ पाल्हिनन्दन गाउँपालिकाकाे आयाेजनामा राष्ट्रिय बाल दिवसकाे अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।
पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०६ का वडा अध्यक्ष एवम् प्रवक्ता कृष्णचन्द्र यादवको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका कार्यवाहक अध्यक्ष फातुमा खातुन अन्सारी (सकिना) को प्रमूख अातिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि अन्सारीले “बालमैत्री वातावरण निमार्णका लागि गाउँपालिका सँधै तयार रहेको बताउनु भएको छ। आजका बालबालिका भाेलिका कर्णधार भएकोले बालबालिकामा लगानी गर्न हामी सबैको दायित्व रहेको बताइन्” । यस कार्यक्रमले बालबालिकाको अन्तरनिहित क्षमताको विकास हुने विश्वास व्यक्त गर्दै राष्ट्रिय बाल दिवसको शुभकामना समेत व्यक्त गरेकी थिइन्।

प्रतियोगितामा मुन लाइट मा०वि० बैरिहवा प्रथम, न्यू सनराईज इंग्लिश स्कूल अमानिगन्ज द्वितीय र तृतीय स्थान प्राप्त गरेको छ। कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमूख सुमन गुप्ता, शिक्षा शाखा सहायक प्रमुख अशोक ठाकुर लुम्बिनी प्रदेश मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका पाल्हिनन्दन गाउँपालिका प्रतिनिधी रामबहादुर कुर्मी, प्याब्सन लुम्बिनी प्रदेशका सदस्य उपेन्द्र गुप्ता, पालिका स्तरका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य लुम्बिनी प्रदेश मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका पाल्हिनन्दन गाउँपालिका प्रतिनिधी रामबहादुर कुर्मीले राखेको कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सदस्य उपेन्द्र गुप्ता, मुन लाइट बैरिहवाका प्रधानाध्यपक तारकेश्वर गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन पत्रकार रंजित शर्माले गरेका थिए।















