राजन कुमार बानिया, पर्सा
मंसिर ४ मा हुन गईरहेको संघ र प्रदेशसभा निर्वाचनका लागि पर्सामा नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुको टुङगो लगाएको छ ।
बुधबार बसेको नेकपा माओवादी केन्द्र पर्साको बैठकले प्रतिनिधी सभा क्षेत्र नं ४ बाट प्रत्यक्ष उमेदवार टेक बहादु शाक्यलाई सर्वसम्मत रूपमा उमेदवार घोषणा गरेकाे हाे ।
नेकपा माओवादी केन्द्रले पर्साको क्षेत्र नम्बर ४ को (क) मा विजय महत्तो र वीरेन्द्र प्रसाद यादव तथा ४ को (ख) मा मुरली मनोहर तिवारी, शेख चाँद तारा र संतोष पटेलको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्र पर्साका जिल्ला अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षता र जिल्ला इन्चार्ज विजय महत्तोको विशेष उपस्थितीमा बसेको बैठकले उम्मेदवारहरुको नाम प्रदेश समितिमा सिफारिस गरेको हो ।





