7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

अफ्रिकी राष्ट्रहरूमा इस्लामवादी आतंकवादी हिंसा बढ्दै: रिपोर्ट

- Advertisement -

वासिङ्टन । एक अमेरिकी थिंक ट्यांकले सार्वजनिक गरेको प्रतिवेदनमा अफ्रिकी महाद्वीपमा पछिल्लो समय इस्लावादी हिंसाका घटनाहरुमा वृद्धि भएकव जनाएको छ। अफ्रिकी राष्ट्रहरु पछिल्ला केही महिनाहरूमा इस्लामवादी आतंकवादी हिंसाको नयाँ केन्द्र बनेको महाद्वीपको भयावह वास्तविकता देखिएको नीति अनुसन्धान समूह (पोरेग) ले जनाएको छ।

अफ्रिकाका उग्रवादी इस्लामवादी समूहहरूद्वारा नागरिकहरू विरुद्ध हुने हिंसाको प्रक्षेपणको मूल्यांन गर्ने प्रतिवेदनअनुसार, सन् २०१६ मा १४ प्रतिशतको तुलनामा २०२१ मा सबै उग्रवादी इस्लामवादी-सम्बन्धित आक्रमणहरूको एक चौथाइ नागरिकहरूमाथि भएको थियो।

अफ्रिकी सेन्टर फर स्ट्राटेजिक स्टडीज, अमेरिकी रक्षा विभाग अन्तर्गतको संस्थाले प्रकाशित गरेको प्रतिवेदनले आतंकवादी इस्लामिक हिंसाका पाँच प्रमुख थिएटरहरू जहाँ आम नागरिकहरू उनीहरूको दैनिक जीवनमा जाने-आउने क्रममा नै हमलाका सिकार भइरहेका छन्। सोमालिया, लेक चाड बेसिन, उत्तरी मोजाम्बिक र उत्तरी अफ्रिकालगायतका मुलुकमा हिंसाका घटनामा वृद्धि भइरहेको छ। 

उल्लेखनीय रूपमा, साहेलले २०१७ पछि इस्लामवादी हिंसामा द्रुत वृद्धि देखेको छ। यस क्षेत्रमा अफ्रिकामा भएका सबै हिंसाको ६० प्रतिशत हिंसाका घटनाहरु हुने गरेका छन्। अफ्रिकाभरका नागरिकहरूलाई लक्षित गरी उच्च स्तरको आतंकवादी इस्लामवादी हिंसा हुने गरेको छ। 

सहेलियन देशहरूलाई लक्षित गर्ने आतंककारी समूहहरू – मासिना लिबरेसन फ्रन्ट र इस्लामिक स्टेट इन द ग्रेटर सहारा लगायत छन्। यसबाहेक, सुरक्षा फौजहरूको सुरक्षा अपरेशनहरूमा साम्प्रदायिक रूपमा आधारित आत्म-रक्षा समूहहरूमा निर्भरता, र निरीक्षणको अभावले पनि ‘साम्प्रदायिक तनाव बढाएको छ र नागरिकहरू विरुद्ध हिंसाका थप घातक रूपहरूलाई उत्प्रेरित गरेको छ।’

सोमालियामा, आतंककारी समूह, अल शादाब, जो ठूलो मात्रामा एम्बुसहरू, जटिल आक्रमणहरू, र राज्य र गैर राज्य सुरक्षा बलहरूसँग लडाइँमा संलग्न छन्। आत्मघाती बमवर्षकहरू प्रयोग गरिएका छन् भने सुधारिएको विस्फोटक उपकरणहरू प्रयोग भएका छन्।

समूहले आफ्नो नियन्त्रणमा रहेको क्षेत्र विस्तार गर्न र सरकार र क्षेत्रीय शक्तिहरूमा आफ्नो प्रभाव प्रक्षेपण गर्न यी रणनीतिहरू प्रयोग गरिरहेको छ। मोजाम्बिकको काबो डेलगाडो प्रान्तमा हिंसाका लागि जिम्मेवार आतंककारी समूह अहलु सुन्नाह वा जमाआ (एएसडब्ल्यूजे) ले कमजोर सुसज्जित आधिकारिक बलहरूको फाइदा उठाएर आफ्नो आधार फराकिलो बनाउन आफ्नो गतिविधिलाई प्रोत्साहन गरेको छ।

दशकौंदेखि सरकारी उपेक्षा र व्यवस्थित कम लगानी भएको प्रान्तमा आतङ्ककारी हिंसाका कारण करिब एक तिहाइ जनसंख्या विस्थापित भएको छ। प्रतिवेदनका अनुसार, सुरक्षा बलहरूको भारी हात प्रतिक्रियाले सामान्यतया हिंसात्मक चरमपन्थी समूहहरूको लागि भर्ती र विवादित क्षेत्रहरूमा नागरिकहरूलाई थप खतरामा पारेको छ। 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme