काठमाडौं । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको प्रशंसा गरेका छन् ।
उनले शर्माको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
‘तपाईलाई भेट्न पाउँदा खुशी लाग्यो,’ चौथाइवालेले भनेका छन्, ‘तपाईको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध अझै मजबुत हुनेमा म विश्वस्त छु।’
यसअघि राजदूत शर्माले ट्वीटरमार्फत चौथाइवालेसँग भेट्न खुसी लागेको उल्लेख गर्दै चौथाइवाले नेपालको घनिष्ट मित्र र शुभचिन्तक भएको उल्लेख गरेका थिए।
राजदूत शर्माले आफ्नी पत्नीसहित नयाँदिल्लीमा चौथाइवाले दम्पतीसँ भेट गरेका थिए ।





