जंगली चितुवा पस्याे गाउंमा

413
file pic

पश्चिम नवलपरासीकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ मा खतरनाक जंगली जनावर चितुवा देखा परेकाे छ ।

गाउंमा पसेकाे चितुवा बिहानै लखेटिएपछि गाउं नजिकैकाे रूखमा चढेर बसेकाे छ । गाउंले अातंकित बनेका छन् ।

चितुवालाइ नियन्त्रणमा लिन प्रयास भइरहेकाे बताइएकाे छ ।

रूखमा बसेकाे चितुवालाइ हेर्न स्थानीयवासीकाे भीड लागेकाे छ ।

स्थानीय प्रहरिले सुरक्षा दिइरहेकाे छ ।

चितुवा नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालयकाे टीम अाइरहेकाे वनका कर्मचारीले जनाएका छन् ।

चितुवकाे अाक्रमणमा परि स्थानीय ३ जना घाइते भएकाे बताइएकाे छ । घाइतेबारे विवरण अाउन बाकी छ ।