माधवकुमार नेपाल टर्कीको अंकारा प्रस्तान, अंकारा जानुकाे कारण यस्ताे

40

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्कीको अंकारा प्रस्तान गरेका छन् । 

टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति नेपाल त्यसतर्फ प्रस्ताव गरेका हुन् ।

उनका सचिवालयका अनुसार नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानबुल हुँदै अंकरातर्फ प्रस्थान गर्नेछन् ।

नेपालले मार्च २९ देखि ३१ सम्म आयोजना हुने उक्त समिटलाई सम्बोधन गर्नेछन् ।

उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।