7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

मधेसमा जलाइयाे चीनसंगकाे ९ बूंदे सम्झाैता 

- Advertisement -

जनकपुरधाम ।

चीनसँग भएको ९ बुँदे सम्झौताकाे विराेध गर्दै जनकपुरधाममा साे सम्झाैताकाे प्रतिलिपी राष्ट्रघाती रहेकाे भन्दै जलाइएकाे छ ।

आइतवार जनकपुरधामकाे जनक चाैकमा राष्ट्रिय एकता अभियान जनकपुरधामका संयोजक मनीष हिन्दू र धनुषा जिल्ला सदस्य जय कुमार यादवको नेतृत्वमा साे सम्झाैता जलाइएकाे हाे ।

अभियानका अभियन्ताहरुले ‘नौ बुँदे सम्झौता धोका हो, चिनियाँ विस्तारवाद धाेका हो यसलाई बन्द गर, बीआरआई सम्झौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद मुर्दावाद’ गाे ब्याक चाइना लगायतका नारा लगाउँदै नगरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीले सोही क्रममा चीनसँग भएको सम्झौताकाे प्रतिलिपी समेत जलाएका छन् । सम्झाैताकाे खारेजीको माग पनि उनीहरुले गरेका छन् ।

रेलको नाममा चिनियाँ सेनाको विस्तार बन्द गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पढ़ाइ सूचारु गर, पोखरा एयरपोर्टमा भएको भ्रष्टाचारको छानवीन गर जस्ता नारा समेत प्रदर्शनकारीहरूले लगाएको थिए ।

अभियानका अध्यक्ष विनय यादवले चीनले नेपालमा विस्तार गरेर सैन्य गतिविधी बढाउन खोजेको आरोप लगाए । दुई दिनअघि चीनका विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेला नेपाल सरकारसँग नौ बुँदे सम्झौता भएकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme