गण्डक नहरमा एकै पटक दुईवटा शव फेला

49

नवलपरासीकाे प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा रहेकाे नेपाल गण्डक जल बिद्युत केन्द्र (पावर हाउस) नजिकै गण्डक नहरमा साेमवार २ वटा पुरूष व्यक्तिकाे शव फेला परेकाे छ । नहरमा बग्दै अाएकाे अवस्थामा स्थानीयले दिएकाे खबरकाे अधारमा इप्का बेलाटारीले शव मुचुल्का गरि पाेष्टमार्टमका लागि परासी पठाएकाे जनाएकाे छ ।

एउटा अन्दाजी ४०/४५ वर्षको ५.६ फिट उचाई भएको, कालोमा धर्के भएको फुल सर्ट, क्रिम कलरको पाईन्ट लगाएको पुरुष ब्यक्तिकाे शव बरामद भएकाे हाे । सोही पावर हाउको पुर्व पट्टी रहेको गण्डक नहरमा अन्दाजी २५/३० बर्षको ५.७ फिट उचाई भएको, निलो रंगको कटनको पाईन्ट लगाएको पुरुष ब्यक्तिकाे शव बरामद भएकाे हाे ।

समाचार लेख्दासम्म दुबै मृतकको पहिचान खुल्न नसकेको हुँदा हुलियासंग मिल्ने कोही कसैको आफन्त वा चिनेजानेको व्यक्ति हराएको सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय पश्चिम प्रहरी ( हटलाईन १००, कन्ट्रोल रुम ९८५७०४५४०३)ले अनुराेध गरेकाे छ ।

मृत दुबै लाश पानीबाट निकाली पोष्टमार्टमको लागि हाल पृथ्विचन्द्र अस्पताल परासीमा राखिएको छ ।