लुम्बिनी, १६ माघ ।
संघीय सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफुलाई मन लागेको मुद्दा मात्र चलाउने गरेको आरोप लगाएका छन् ।
सभापति शाहले पोर्ट मिडिया प्रालीद्वारा आईतबार भैरहवामा आयोजित अन्तर्कृया कार्यक्रममा बोल्दै अख्तियारले आफुले मन लाएको मुद्दा चलाउने र मन नलाएको नचलाउने आरोप लगाउदै यो ठिक नभएको जिकिर गरे ।
“हामीले पठाएको बनको मुद्दा चलाईदियो वाईडबडीको चलाई दिएन ।” शाहले भने “हामीहरुले धेरै छानविन गरि पठाएका हुन्छौं, कुनै त्रुटि भएको हामीले पठाएको हुदैनौ तर उनिहरुले मन लाएकोलाई कारवाही गर्छन, नलाएकोलाई गर्दैनन् ।”
सार्वजनिक लेखा समिति भनेको ऐनद्वारा नै परिकल्पना गरिएको संसदको समिति भएको र छानविन गरेर मात्रै कारवाहीको लागि अख्तियारलाई पठाउने गरेको बताए । पूर्व अर्थराज्य मन्त्री समेत रहेका सभापति शाहले नेपालमा तरलता अभाव भए पनि अन्य देश जस्तो अति कठिन परिस्थितिमा भने नरहेको बताए ।
एशियामै सबै भन्दा बढी कर नेपालले उठाउने गरेको बताउदै सभापति शाहले नेपालमा करिब ३–४ महिना पुग्ने बिदेशी मुद्रा पनि रहेकोले केही समस्या समाधान गरेको बताए । स्थानिय तहहरुले पनि अब बिकास निर्माणका काम गर्न पूजिंगत खर्च गर्ने भएकोले छिट्टै नै बजारमा देखिएको तरलता अभाव हटेर जाने उनले विश्वास ब्यक्त गरे ।
रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य समेत रहेका भरत कुमार शाहले चुनाव सम्म गठबन्धन रहे पनि चुनावमा केन्द्रिय तहबाटै गठबन्धन नहुने स्पष्ट पारेका छन् । उनले पार्टीमा पनि सोही अनुसारको छलफल भइरहेको बताए । “केन्द्रिय रुपमै गठबन्धन नभए पनि स्थानिय स्तरमा भने आवश्यकता अनुसार गठबन्धन गरेर अगाडी बढ्न सकिने छ ।”
शाहले भने शाहले ट्रंकलाईन प्रयोग गरेका उद्योगहरुले तिर्न बाँक रहेको करिब ८ अर्ब बिद्युत महशुल पनि असुल गर्न बिद्युत प्राधिकरणलाई पत्राचार गरि सकेको जानकारी दिए । पोर्ट मिडिया प्रालीका सञ्चालक मानोरन्जन शर्माले सन्चालन गरेको कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, नेपाल–भारत विश्व मैत्री मञ्चका अध्यक्ष सिद्धार्थ अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।





