नवलपरासी । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं. १६ सबुनीमा वर्ष ३० की ललिता कँहारलाई श्रीमान जोखन कँहारले घाँटी र कोखामा धारिलाे हतियार चक्कु प्रहार गरेर हत्या गरी फरार भएका जाेखनलाइ प्रहरीले पक्राउ गरेकाे छ ।
खोजतलास गर्दै जाँदा बैशाख २४ गते बिहान नवलपरासीकाे पाल्हनिन्दन गाउँपालिका वडा नं. ६ पडरी नजिकैकाे नेपाल भारत सिमानामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी कार्वाही चलाइएकाे जिल्ला प्रहरी नवलपरासीले जनाएकाे छ ।
जाेखनलाइ जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको र निजलाई कर्तव्य ज्यान मुद्दामा बैशाख २४ गते नवलपरासी जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
बैशाख २१ गतेकाे हत्या घटना पश्चात उनी फरार भएका थिए ।