-7.3 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

भन्सार छलेर अवैध रुपमा ल्याइएका सामानहरु प्रहरी नियन्त्रणमा

spot_img
spot_img

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी ७ लाख ५५ हजार ४१ रुपैंया बराबरको सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रकृया अगाडी बढाएको छ।
नियन्त्रणमा लिइएकाे सामानहरूमा अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका १५ सुक्रौलीबाट लु ४ प ५७९३ नं. को मोटरसाईकलमा अनलाईन सामान डेलिभरीको बहानामा ल्याउदै गरेको वभिन्नि प्रकारका कस्मेटकि सामानहरु नियन्त्रणमा लिइएकाे हाे ।

जसकाे अन्दाजी मूल्य ३ लाख १२ हजार ६ सय ४१ रहेकाे बताइएकाे छ । सामान नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय सेमरीबाट खटएिको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ३ अमहवाकाे भित्री बाटोमा अबैध रुपमा ल्याउदै गरेको विभिन्न प्रकारका कस्मेटकि सामानहरु तथा हेण्ड ब्यागहरु अन्दाजी मूल्य २ लाख ९२ हजार ४ सय  बराबरको सामान नियन्त्रणमा लिइ कार्यालयमा ल्याई राखिएको र आवश्यक कारवाहीको लाग महेशपुर भन्सार कार्यालयमा पठाउने तयारी भएको छ ।

त्यस्तै, तेश्राे घटनामा  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट अबैध रुपमा ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा र खुद्रा किराना सामानहरु अन्दाजी मूल्य  १ लाख ५० हजार  बराबरको नियन्त्रणमा लिइ कारवाहीको लाग महेशपुर भन्सार कार्यालयमा पठाउने तयारी भएको छ ।

साे  घटनाहरूमा थप अनुसन्धान कार्य भइरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme