नवलपरासी । पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ र ३ मा पर्ने हरपुर र कुश्मा गाउँकाे मध्य सिमानाका गहुँ खेतमा लागेको आगो आइतवार दमकलकाे सहायताले नियन्त्रणमा आएपछि ठुलाे क्षति हुनबाट जाेगिएकाे छ ।
अनियन्त्रित बन्दै गएकाे आगलागी नजिकै रहेका कुश्मा र परसीयां गाउँमा पस्ने सम्भावना बनेकाे थियाे । गहुंबाली काटेपछि नल जलाउनका लागि लगाइएकाे आगाे सल्किदै जादा अनियन्त्रित बनेपछि मंगाइएकाे रामग्राम नगरपालिकाकाे दमकल र स्थानीयवासीकाे सहयाेगमा आगाेलागी बेलैमा नियन्त्रणमा आएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे हाे ।
विगत ३ दिनदेखि नवलपरासीमा भएकाे आगलागीमा २ दर्जन बढी घरहरू जलेर नष्ट भएका छन् ।