नवलपरासी, मंसिर ३ गते ।
दोस्रो नवलपरासी अगुवा स्रोत केन्द्र स्तरीय खेलकुद प्रतियोगिता जिल्लाकाे पाहल्हीनन्दन गाउंपालिकाकाे हरपुरमा सुरु भएको छ ।
हरपुर मा०बि०का बिधालय व्य०स०का अध्यक्ष कृष्ण मोहन सहानीको अध्यक्षता, भु०पु० गृहराज्य मन्त्री माननीय देवेन्द्र राज कंडेलको प्रमुख अथिकता र नवलपरासी जिल्लाको सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालको बिशिस्ट अथिकता लगायतका विभिन्न बिधालयका प्र०अ० र अथितिहरुको उपस्तिथिमा उदघाटन शत्र सुरु भएको छ ।
मिति २०७४/०८/३ गतेदेखी ०६ गते सम्म सन्चालन हुने प्रतियोगितामा परासी स्रोत केन्द्रका ४७ वाट बिधालय सहभागी भएको आयोजक हरपुर मा०बि० हरपुरले जानकारी दिएको छ।
नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड नम्बर -२ हरपुरको हरपुर मा०बि० हरपुरको खेलमैदानमा हुने प्रतियोगितामा जिलेबी दौड, बोरा दौड ,चम्चा दौड, तिनखुट्टे दौड, कुर्सी दौड, १०० मिटर, २०० मिटर, ४००मिटर, ८००मिटर, १००×४, ४००×४ दौड, हाइ जम्प, लङ जम्प र सटपुट ८ पाउण्ड आदि प्रकारका खेल हुनेमा आज पहिलो दिन ७ वटा हिट राउन्ड २०० मि० को दौड र ६ वटा ४०० मि० दौड सम्पन्न भएको खेलकुद मुलसमितिका संयोजक पसुपती भट्टराईले जानकारी दिनु भएको छ।