५ जना मृत अवस्थामा फेला    

48

काठमाडौं, १० माघ

संखुवासभा, चैनपुर नगरपालिका-१ सिङरिङ बस्ने ३० वर्षीय दोर्जी शेर्पा सोही ठाउँस्थित अलैची बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वत, जलजला गाउँपालिका-८ स्थित कालिगण्डकी नदीमा म्याग्दी रघुगंगा गाउँपालिका-६ पाखापानी बस्ने ३० वर्षीय मन बहादुर छन्त्याल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, केराबारी गाउँपालिका-८ स्थित हजारबिघे सामुदायिक वनमा सोही गाउँपालिका-८ बस्ने २६ वर्षीय बाबुराम भट्टराई आइतबार मृत अवस्थामा फेला परेका छन् ।

लमजुङ, दुधपोखरी गाउँपालिका-२ भुम्लिचोक बस्ने २१ वर्षीय कमल कामी सोही ठाउँ ढाक्रेसोतीस्थित खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

डोटी, केआईसिंह गाउँपालिका-६ बस्ने २० वर्षीया हरीना भाट सोही ठाउँस्थित रउताने खोलामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।