10.9 C
New York
Saturday, May 11, 2024

Buy now

spot_img
spot_img

सुस्ताबासी र सास्ती बीचकाे गणित

spot_img
spot_img

नवलपरासी । नारायणी नदी पारी बसेकाे नेपालकाे सानाे गाउँ सुस्ता विकास तथा आधारभूत सुविधाकाे दृष्टिकाेणले पछाडि पर्नु मात्र समस्या नभइ भारतकाे अतिक्रमणकाे निरन्तर सिकार बन्दै आएकाे छ ।

झण्डै टापु जस्ताे रहेकाे भूभागका वासीन्दाहरू प्राकृतिक श्राेत र साधनकाे सहयाेगमा जीवन चलेकाे तथा आफुहरूले दिनचर्या धानेकाे अवस्थामा नेपाल सरकारले विकासका गतिविधिलाइ तिब्रता दिन नसक्नु नै सुस्ताबासीले पाउने पीडाकाे मूल कारण बनेकाे सुस्तावासीकाे बुझाइ छ । यसैकाे जगमा सुस्ता भूमिमाथि गिद्धे दृष्टि राख्दै आएकाे भारतले सीमामा सास्ती दिने र सीमा अतिक्रमणकाे दबाव बढाउदै तनावमय स्थिती कायम राख्दै बेलाबेलामा दुःख दिदै आएकाे छ ।

जाइकाकाे नक्साले समेत सुस्ता भूमिलाइ नेपाली भूमि प्रमाणित गरिरहदा पनि नेपाल सरकारकाे सशक्त उपस्थितीकाे अभाव पनि सुस्ताबासीकाे दुखकाे अर्काे मजबुत कारण हाे । सुस्ताबासीले जाेतभाेग गरेकाे जग्गाकाे प्रमाणपत्र नदिनु, नागरिकता नदिनु, अति आवश्यक सुविधा उपलब्ध नगराउनु नै सुस्ताबासीकाे मनमा खडकिएकाे छ ।

वास्कतविक रूपमा भन्ने हाे भने सुस्ता भूमि राज्यले नभइ स्थानीय सुस्तावासीले जाेगाएका छन् । यस भूमिलाइ जाेगाउन पटक पटक लडाइ लड्नु परेकाे छ । भारतीय सुरक्षाकर्मीहरूकाे आक्रमणमा परी लाल महम्मद खाँ लगायत कैयाैंले ज्यान गुमाउनु परेकाे छ । ३ जनाकाे संख्यामा राखिएका नेपाली सुरक्षाकर्मीकाे भरमा सुस्ताकाे सुरक्षा सम्भव थिएन तर सुस्ताबासीकाे लागि बाध्यता थियाे । गर् कि मर काे अवस्था थियाे । सुस्तामा नेपाल सरकारकाे उपस्थिती सावित गर्न यिनै प्रहरी रहेकाे संस्था अर्थात नेपाली प्रहरी चाैकी मात्रै थियाे । सुस्तामा राज्यकाे बलियाे उपस्थिती नहुनु नै नेपाल सरकरकाे प्रथम दर्जाकाे कमजाेरी साबित भैरह्याे ।

धेरै पछि सशस्त्र प्रहरी र स्वास्थ्य चाैकी पुगेकाे हाे । त्यस अगावै आफ्ना छाेराछाेरी पढाउन नपाएका सुस्तावसीले एक विद्यालयकाे जग बसालेका थिए । यस भन्दा बाहेक सुस्तामा न कुनै सुविधा थियाे न त नेपाल कहलाउनका लागि कुनै आधार नै । नेपालीले जाेतभाेग गरिरहेकाे जग्गाकाे प्रमाणपुर्जा नेपाल सरकारले अझै पनि दिन सकेकाे छैन । आफ्नै नक्सामा रहेकाे जग्गाकाे धनी पुर्जा पनि दिन नसक्नु नेपाल सरकारकाे दाेश्राे ठुलाे कमजाेरीकाे रूपमा देख्न सकिन्छ ।

वर्षाैंदेखि विवादित अवस्थामा रहेकाे सुस्ताकाे सीमा समस्या सुल्झाउनका लागि हुनुपर्ने कुटनीतिक पहल कहिल्यै पनि कार्यान्यवनमा आएकाे देखिएन । जुनजाेगी आएपनि कानै चिरेकाे भन्ने उखान सावित हुंदै आएकाे छ । सत्तामा जुन दल वा व्यक्ति आएपनि सुस्ताकाे सीमा विवाद साम्य पार्न भारतसित कार्यान्यवनकाे तहसम्म पुर्याएकाे पाइएन । ठुला राजनीतिक दल वा प्रधानमन्त्रीहरूले भारत सामु घुंडा टेके । तर तिनै व्यक्तिहरू सत्तामा नरहेका बेला सुस्ता पुग्ने र उक्साउ भाषण दिन पछि परेनन्, सुस्ता पुगीरहे । तर सुस्ताबासीकाे समस्या ज्युँ काे त्युँ नै छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme