सांसदहरूलाई भोलीसम्म काठमाडौं आइपुग्न सत्ता घटक दलको निर्देशन

58

काठमाडौं : सत्ता गठबन्धन दलको बैठकले सांसदहरूलाई भोलि बुधबारसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले बुधबार बिहान ११ बजेसम्म सांसद्हरूलाई बुधबारसम्म उपस्थित हुन निर्देशन दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु भोलि बुधबारसम्म काठमाडौं आइपुग्नुपर्नेछ ।

बैठकपछि कांग्रेस उपसभाति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचन र गठबन्धनलाई थप बलियो बनाउने विषयमा बैठक केन्द्रित रहेको बताए । राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ । आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उठाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।