सस्तो लोकप्रियताको लागि भारतलाई गाली गरेर सिमाको समस्या समाधान हुदैन

58

काठमाडौं । फैसन डिजाइनर बनेर देश चल्दैन अहिले काठमाडौं महानगरपालिका मेयर वालेन शाह फैसन डिजाइनमा बढी ब्यस्त रहेका जनता समाजवादी पार्टीका नेता, सांसद प्रदिप यादवले बताएका छ्न । कुनै पनि कुराको यथार्थ नबुझेर प्रतिबन्ध लगाउने, अदालतले गरेको कुरा निर्णय मान्दैन भन्ने यो मेयर वालेन बुद्दिहिनताको प्रमाण हो बताएका छ्न । नेपालको कानुन नमान्ने संविधान नमान्ने अनि त्येही कानुन अनुसार आफू चाहिँ मेयर बन्ने ?

सन्चारकर्मीसंग कुरा गर्ने क्रममा सांसद यादवले यस्तो बताएका हुन । वालेन साहले सस्तो लोकप्रियताले र आफ्नो कानुन अनुसार देश, समाज चल्न सक्दैन न्यायको लागि अदालत छ । अदालतको कुरा सर्वाेपरि हुन्छ  । मेयर वालेन साहले नक्सा राख्दैमा सिमाको समस्या समाधान हुदैन । सिमा समस्या समाधानको काम नेपाल सरकारको हो ।

दुबै देश मिलेर सिमा समाधान गर्ने हो, वालेनले हैन । सस्तो लोकप्रियताले निकाय चल्दैन । उपमहानगरपालिकाकाे कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नु भनेको फैसन डिजाइनरको काम हो । अदालतको अादेशको मान्दिन भनेर हुदैन । हिम्मत छ भने कानुन नमानेर देखाउने । मात्र सस्तो लोकप्रियताको लागि भारतलाई गाली गर्ने । भारतीय गित दिन भरी सुन्ने अनि शंसाेधन गरेको मुभी चल्न नदिने । कुनै पनि कुरा मनोरञ्जनसंग देशको राजनीतिसंग खेलवाड गर्नु हुदैन ।