8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

सशस्त्र प्रहरी उपरिक्षक पोखरेल द्वारा स्थलगत अनुगमन

- Advertisement -

पर्सा
पर्सामा आएका नयाँ सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले शनिबार पर्सामा रहेका बोर्डर आउट पोष्ट (बिओपि) को स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन् । उनले शान्ति सुरक्षाको जानकारी लिने उदेश्यले आज स्थलगत अनुगमन तथा निरिक्षण गरेका हुन् ।
उनले आज बिओपी भिस्वा, मिर्जापुर टिहुकी, अमरपटी, पकहामैनपुर, सबैठवा लहावरथकरीलगायतका बिओपिमा पुगेर स्थलगत अनुगमन तथा निरिक्षण गरे । सो अवसरमा सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले तस्करी र शान्ति सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्ने बताए ।
आम नागरिकहरुलाई अमन चयनको सुरक्षा र सीमाबाट हुने तस्करीबारे आफूबाट कुनै किसिमको सम्झौता नहुने उनले ठोकुवा गरे । साथै, उनले आफूलाई राज्यले दिएको जिम्मेवारीलाई पूर्णरुपमा पालन गर्दै देशप्रति बफादार भई काम कर्तब्यलाई सक्रियताका साथ अगाडि बढाउँदै आफू कुनै किसिमको लोभ लालचमा नपरी सक्रियताका साथ कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्तसमेत गरे ।
उनले बिओपीसँग जोडिएका गाउँका स्थानीय हरुसँग शान्ति सुरक्षाबारे जानकारी लिएका हुन् । साथै, उनले शान्ति सुरक्षा कायम गर्न जनसमुदायको सहयोग पनि जरुरी रहेको बताए । आफ्नो मातहतका सुरक्षाकर्मीहरुले जनताहरुलाई अनावश्यक कुराहरुमा दुःख दिने काम गरेमा आफूलाई सम्पर्क गरे कारवाही गर्ने सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले प्रतिबद्धता जनाए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme