श्रीलंकामा पनि युपिआई बाट कारोवार हुने सहमती

52

नयाँ दिल्ली, एजेन्सी । भारतीय रुपैया युपीआईबाट कारोवार गर्न श्रीलंकाले स्वीकार गरेको छ ।

भारत र श्रीलंकाले श्रीलंकामा युपीआई भुक्तानी गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको हो ।

दुई दिने भारत भ्रमणका क्रममा शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलंकन राष्ट्रपति रनिल विक्रमासिङ्घेले सम्झौतामा हस्ताक्षर गरे । “श्रीलंकामा युपिआई सुरु गर्न आज हस्ताक्षर गरिएको सम्झौताले दुई देशहरू बीच फिनटेक कनेक्टिभिटी बढाउनेछ,“ प्रधानमन्त्री मोदीले सम्झौतामा हस्ताक्षर गरेपछि भने ।