सुस्ता नरसही
याे कलश यात्रा हाे नवलपरासी सुस्ताकाे ।
सुस्ता गाउंपालिकाकाे वडा नं. ४ नरसही गाउंकाे पश्चिम टांडीमा एक पुरानाे शिव मन्दिर स्थापित छ । यस मन्दिर पुरानाे भएपनि अार्थिक अभावमा अाेझेलमा परेकाे थियाे । अब यसलाइ व्यवस्थित गर्नुपर्छ भनेर स्थानीयवासी कसिएका छन् ।
स्थानीयवासीले यस मन्दिरमा शिवलिंगकाे स्थापना गर्न लागेका हुन् । स्थानीयवासीले निकालेकाे याे कलश यात्रा यसै उदेश्य प्राप्तिका लागि हाे ।
कलश यात्रामा नरसहीका पश्चिम टांडी, विर्ताटाेल लगायतका छरछिमेकका गाउंवासीहरू सयाैंकाे संख्यमा सहभागी भएका छन् ।
श्री वैष्णव सनातन धर्म सेवा संस्थाले यस पुजनाेत्सव समाराेहकाे अायाेजना गरेकाे हाे । कलश यात्रामा सहभागी भक्तजनहरूले नारायणी नदीकाे जल भरेर मन्दिरमा जलार्पण गरिने कार्यक्रम छ । त्यस पश्चात मन्दिरमा शिवलिंग स्थापना गरिनेछ ।
खासगरि यस मन्दिरमा शिवलिंग स्थापना गर्न कै लागि यस समाराेहकाे अायाेजना गरिएकाे हाे । स्थानीयकाे प्रयासले गरिएकाे चन्दा संकलनकाे अाधारमा यस समाराेह गरिएकाे बताइएकाे हाे ।
भक्तजनले जल भरेर पुजन गरे पश्चात यस मन्दिरमा शिवलिंग स्थापना गरिएकाे छ । याे कार्यक्रम स्थानीय समाजसेवी प्रदिप जंग राणाकाे अध्यक्षतामा अायाेजना गरिएकाे समाजसेवी राम किशुन कुशवाहाले बताए । कार्यक्रममा यस वडा नं. ४ का वडाध्यक्ष अशाेक गुरूङ र सुस्ता गाउंपालिका का अध्यक्ष राम प्रसाद पाण्डेय लगायतका विशिष्ट व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे ।
शिवमन्दिरकाे यस कार्यक्रममा स्थानीय सयाैं गाउंवासी महिला पुरूषहरू सहभागी भए । यस अवसरमा मन्दिरमा २४ घण्टे अखण्ड हरि किर्तन भजनकाे समेत अायाेजना गरिएकाे थियाे।





