सहबान अन्सारी
नेपालकै पहिलो र ऐतिहासिक मेला मध्ये एक मदार बाबा मेला हो।
मुस्लिम तथा हिन्दु समुदायको अस्थाको केन्द्र समेत मानिने मेला मुख्य मजार अर्थात पुजा गर्ने ठाँउ निर्माण हुन सकेको छैन ।
नेपाल लगायत भारतबाट करिब १०/१२ लाख भन्दा बढी भक्तजनहरु आउने मेलामा हरेक बर्ष करिब २० देखी ३० लाख सम्म दानको रुपमा संकलन हुदाँ पनि अहिले सम्म बर्षो देखी मुख्य मजार निर्माणाधिन अवस्थामा रहेको दर्शानार्थीहरु बताउछन।
निर्माण तथा व्यस्थित गर्नको लागी मेला समिती तथा सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानियहरु आरोप लगाएका छन ।
सुस्ता गाउँपालिका वडा नं. २ महलबारी बजारदेखी करिब ९ किलोमिटर डाँडामा अवस्थित रहेको हुदाँ पैदल यात्रा गरी बाबा मुख्य स्थल सम्म पुग्ने गरिन्छ ।
बिभिन्न धर्मावलम्बीहरुको संयुक्त सहभागिता रहने उक्त मेलामा दर्शन गर्न आउने भक्तजनहरुको हरेक मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।
मदार बाबा मेला माघ २५ गते देखी फाल्गुन ५ गते सम्म चल्ने मेला समितिले जनाएको छ ।















