राजन कुमार बानिया पर्सा ।
नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसिएल नेपाल) को दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।
उक्त भेलाबाट पर्साको इन्चार्जमा सन्तोष पटेल संयोजकमा दिपेन्द्र सिंह मनोनित भएका छन । पटेललाई वाईसिएल पर्सा नेपालको इन्चार्जको जिम्मेदवारी दिइएपछि उनको साथमा वाईसिएल नेपालको संयोजकमा सिंह सर्वसम्मत् मनोनित भएका छन ।
भेलाबाट वाईसियल नेपालको बागमती प्रदेश ईन्चार्जमा ललित बहादुर श्रेष्ठ, सह-ईन्चार्जमा दिनेश थपलिया (आक्रोश) र गोमा आले, संयोजकमा साजन अधिकारी मनोनित भएका छन् ।
केन्द्रिय कार्यालय पेरिस डाडा काठमाडौमा सञ्चालित कार्यक्रम केन्द्रीय संयोजक सुबोध सेर्पालीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।





