लुम्बिनीमा मंसीर २२ गते श्रीरामजानकी हनुमान मंदिरकाे शिलान्यास हुने, अयाेध्याकाे माटाे ल्याइयाे

214
  • लुम्बिनी, २० मंसीर ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र भारत उत्तर प्रदेश स्थित प्रसिद्ध तिर्थस्थल अयोध्या नगर निगम बीच भगिनी सम्बन्ध स्थापित गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने कुरामा आपसी सहमति भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको नेतृत्वमा अयोध्या पुगेकाे टाेली र अयाेध्या नगर निगमका जनप्रतिनिधिहरुबीच मंसीर १७ गते साे सहमति भएकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख चौधरीले अनलाइनजनतासित बताए । उनले अगाडि भने, अयाेध्याधाम र लुम्बिनीबीच भगिनी सम्बन्ध स्थापित गर्ने याेजना मुताबिक हामी अगाडि बढेका छाैं । गाैतम बुद्ध जन्मेकाे स्थल लुम्बिनी र भगवान श्रीरामचन्द्र जन्मेकाे स्थल अयाेध्याबीच भगिनी सम्बन्ध कायम गरि यस दुबै स्थललाइ सिस्टर सिटि ( Sister city ) काे रूपमा विकास गर्न चाहेका छाैं भने ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ मा निर्माण हुन लागेको श्रीरामजानकी हनुमान मंदिरकाे मंसीर २२ गते हुने शिलान्यास कार्यक्रममा सहभागिताकाे लागि आमन्त्रण गर्न साे टाेली भारतकाे अयाेध्याधाम पुगेकाे थियाे ।
अयाेध्या पुगेकाे साे टाेली मन्दिर शिलान्यासका लागि राम जन्मभूमि अयाेध्याकाे पवित्र माटो र सिताराम नामक ईटा हस्तान्तरण प्राप्त गरेकाे छ । अयोध्या नगरका पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगर प्रमुख चौधरीलाई राम जन्मभुमिको पवित्र माटो र सिताराम इटा हस्तान्तरण गर्नुभएको थियो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न.१ मा रू. ५ कराेडकाे लागतमा निर्माण हुन लागेको श्रीरामजानकी हनुमान मंदिरकाे मंसीर २२ गते हुने शिलान्यास कार्यक्रममा अयोध्या नगरनिगममा प्रमुख ऋषिकेश उपाध्याय, हनुमानगढ़ी मन्दिरका महंत, उत्तर प्रदेश सरकारका बिधायक डा. अनुपम पाण्डे लगायतका व्यक्तित्वहरू सहभागी हुने बताइएकाे छ । लुम्बिनी भ्रमणको क्रममा दुबै नगरको विकासमा सहयोग र अनुभव आदानप्रदान गर्ने कार्यक्रम तय गरिएकाे छ ।
साे शिलान्यास कार्यक्रममा नेपालकाे राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, हिन्दु परिषद नेपालका अध्यक्ष सन्ताेष पटेल समेत सहभागि हुने कार्यक्रम छ । मन्दिर शिलान्यासका लागि विहान ९ बजे लुम्बिनी स्थित मायादेवी मन्दिर परिषरमा रहेकाे पाेखरीबाट जल भरेर कलश यात्रा निकालिने कार्यक्रम तय गरिएकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख चौधरीले जनाएका छन् ।
नेपाली टाेली मुक- बधिर विद्यालयद्वारा आयोजित विश्व दिव्याङ्ग (अपाङ्ग) दिवस समारोह २०२१ कार्यक्रममा समेत सहभागी हुने अवसर पाएकाे थियाे । भ्रमणकाे क्रममा अयोध्या स्थित महत्त्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थलहरु राम मन्दिरमा भगवान रामको दर्शन, निर्माणाधिन राममन्दिरको अवलोकन, हनुमानगढी मन्दिर, सर्यु नदिको अवलाेकन भ्रमण गरेकाे छ ।
भारतकाे अयाेध्या गएकाे टाेलीमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. १ का अध्यक्ष धर्म प्रकाश कुर्मी, प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पान्डेय, साविक तेनुहवा गा. वि. स. उपाध्यक्ष बिक्रम यादव, बुद्ध आदर्श मा. वि. का सहायक प्रधानाध्यापक हरिमोहन चौधरी, धार्मिक एवम् समाजसेवी गङ्गाराम कुर्मी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय अधिकृत तुलसी राम लामिछाने, फिल्ड सहायक रामाधिन यादव र समाजसेवी सुरज चौधरी लगायतको सहभागिता रहेको थियो ।