लुम्बिनीमाथि चिनकाे गिद्धे नजर, सद्भाव बिगार्नका लागि ताराे बनाइएकाे रामकथा सुचारू

69

रामकथाको विरोध चिनियाँ डिजाइनमा गरिएको स्थानिय युवाहरुकाे भनाइ

लुम्बिनी । लुम्बिनीकाे सामाजिक सद्भाव बिथाेल्ने चिनियाँ प्रयास एक पटक फेरी नराम्ररी विफल भएकाे छ । सामाजिक सद्भाव बिथाेल्ने र धमिलिएकाे पानीमा माछा मार्ने साेंचमा रहेका चिनियाँ एजेण्टहरूले निशाना बनाएकाे रामकथाकाे समाराेहमा पनि असफलता हाथ लागेपछि विराेधी शक्तिकेन्द्रहरू सहमतिकाे नाममा अात्मसमर्पण गरेका छन् । यसरि रामकथामाथि मडारिएकाे बादल हटेकाे महशुस गरिएकाे छ ।

विभिन्न बाैद्धिष्ट संघसंस्थाका अनुयायीहरूलाइ भ्रममा पारी चिनियाँ शक्तिकेन्द्रहरूद्वारा रामकथा लुम्बिनीमा सञ्चालन हुन नदिन र यसकाे विराेध गर्न उक्साइएकाे थियाे । रामकथाकाे विराेध गर्नेहरू एकाेहाेराे साेच बनाएर विराेधमा उत्रे तर पछि गएर मात्र थाहा पाए कि हिन्दुकाे रामकथा प्रवचन सञ्चालन गर्दैमा बाैद्धिष्टहरू लुम्बिनीबाट हटक हुने हाेइनन् । उनकाे अवस्था यथावत नै रहनेछ । लुम्बिनीमा बाैद्धिष्ट र हिन्दुबीच एकता र सामाजिकता पहिले सरह कायम नै रहनेछ । उनलाइ हिन्दुले रामकथा वाचन समाराेह सफलताका साथ सञ्चालन गरे पश्चात यसकाे लामाे असर पर्ने र लुम्बिनीमा बाैद्धिष्टकाे स्थान कम हुदै जाने सिकाइएकाे एक सुत्रकाे दावी छ ।

लुम्बिनीमा हिन्दु धर्मको प्रचार गर्न लागेको भन्दै माघ १४ गते धर्मोदय सभाले ज्ञापन पत्र मार्फत विरोध जनाएको थियो । त्यस लगतै विभिन्न बुद्धिष्ट संघसंस्थाले पनि विरोध जनाएका थिए । बाैद्धमार्गी संयुक्त संघर्ष समितिका संयाेजक पार्वती घर्ती मगरले हस्ताक्षर गरी माघ २१ गते विराेधकाे अाह्वान गरी २३ गतेकाे कार्यक्रम जारी गरेका थिए । काेषले समन्वय गर्न तथा समाजिक सदभावलाइ बचाइ राख्न माघ २१ गतेदेखि २९ गतेसम्म हुने भनिएकाे ‘श्री रामकथा प्रवचन’ कार्यक्रम ३ दिन पछाडी सारेर भएपनि माघ २४ सुरु हुने याेजना बनाउनु परेकाे थियाे ।

यसबीच तनावका कारण झडप समेत भएकाे थियाे । सोमबार लुम्बिनी दिनभर तनावग्रस्त बन्यो। केही बौद्धमार्गीले यसरी कार्यक्रम गर्नु आफ्नो धर्ममाथि अतिक्रमण भन्दै असन्तुष्टि जनाएका थिए । उनीहरूले कार्यक्रमको विरोध गर्दै लुम्बिनी परिसरमा जुलुस निकालेका थिए। विभिन्न बुद्धिष्ट सघसस्थाले बिरोध जनाएपछि प्रहरीले बल प्रयाेग गर्नु परेकाे थियाे । विरोध जुलुसमा सहभागी हुन काठमाडौं, पोखरा लगायतका शहरबाट पनि केही बौद्धमार्गी लुम्बिनी आएको बताइएको छ। लुम्बिनी क्षेत्रमा अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयका अनुसार यसका लागि चिनियाँले नेपाली केहि व्यक्तिहरूलाइ माेटाे रकम दिइ परिचालन गरेकाे थियाे। जसमा सबभन्दा पहिला विरोध जनाउने धर्मोदय सभा लुम्बिनीका अध्यक्ष महेन्द्रमान श्रेष्ठकाे नाम चर्चामा छ । श्रेष्ठ विगतमा लुम्बिनीमा चिनिया राजदुताबासद्धारा सञ्चालित चाइना स्टडी सेन्टरका अध्यक्ष समेत हुन् ।

यसको विरोध गरेर चिनियाँले हिन्दू र बौद्धहरूबीच विभाजन गर्न चाहेकाे छ। चिनियाँ चाहन्छन् कि हिन्दू र बौद्धहरू विभाजित भएपछि हिन्दूहरू लुम्बिनी नआओस् र लुम्बिनीमा पर्यटकका कारण सबै पर्यटन र रोजगारीका अवसरहरू गुम्नेछन्। यसले नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँच्नेछ र नेपाल अन्ततः चिनियाँका सामु झुक्नेछ ।

रामकथाकाे विराेधमा लागेका संघसंस्थाले जति विराेध गरेपनि राेक्न नसक्ने अवस्था आ+कलन गरेपछि क्षमायाचना गर्दै विराेध फिर्ता लिनुका साथै रामकथामा सहभागिता जनाउने सहमति गरेका छन् । सहमति जनाउनेमा नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट उपाध्यक्ष युवराज निराैला, नेपाल आदिवासी जनजाति महासंघका काेषाध्यक्ष बिमल सारू, विराेधका लागि बनेकाे संघर्ष सिमितका संयाेजक पार्वती घर्तीमगर, नेपाल आदिवासी जनजाति महासंघ रूपन्देहीका जिल्ला अध्यक्ष चित्रलाल तुलाचन, स्थानीय संयाेजक राजेश अग्रवालले संयुक्त हस्ताक्षर गरि प्रेस वक्तव्य जारी गरेका छन् । यस सहमतिमा लुम्बिनी विकास काेषकाे तर्फबाट कार्यकारिणाी सदस्य विश्वराज पाैडेल र काेषाध्यक्ष ढुण्डिराज भट्टराइले हस्ताक्षर गरेका छन् ।

लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुकाे प्रवचन सञ्चालन भएकाे छ । प्रवचनमा सहभागी हुन १ सयभन्दा धेरै देशबाट बापुका हजारौं अनुयायी लुम्बिनी आइसकेका छन् ।

लुम्बिनी विकास कोषले यो कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताएको छ । लुम्बिनी विकास कोषले विज्ञप्ति निकालेर सदभावको अपिल गरेको छ । कार्यक्रमप्रति स्थानीयको सदभाव देखिएको छ । स्थानीय बौद्धमार्गीले भने धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा आउने पाहुनाका कारण लुम्बिनी तथा आसपासका ९० प्रतिशत होटल बुक भइसकेका छन् । यसले होटल व्यवसायीमा उत्साह थपेको छ । नौ दिनसम्म चल्ने प्रवचनमा दैनिक ६ हजार भन्दा धेरै सहभागी हुने बताइएको छ ।
आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा ९१२औँ’ राम कथा सञ्चालन भएकाे हाे । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थल एवं प्रमुख स्थानमा प्रवचन दिने कार्यक्रम बनाएका थिए । जसअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।

यसअघि, सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसअघि, सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो ।