२ फागुन, काठमाडौं ।
अभिनेत्री रेखा थापाले दोस्रो विहे गरेकी छन् । थापाले जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग कानूनी रुपमा विवाह गरेकी हुन् । शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।
नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापा यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए । प्रेमको चर्चा चलेपनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।






