राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा नेपालको धार्मिक भ्रमणमा

18

काठमाडौँ — राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजे सिन्धिया पारिवारिक भ्रमणका लागि नेपाल आएकी छन् । उनले मंगलबार काठमाडौंमा पशुपतिनाथको दर्शन गरेकी हुन् । उनले गुहेश्वरीको पनि दर्शन गरेकी छन् ।

राजस्थानकाे पहिलाे महिला मुख्यमन्त्री बनेकी सिन्धियाका पिता जिवाजी राव सिन्धिया माता विजय राजे सिन्धिया दुबै जनाकाे नाम राजनीतिकाे अग्र स्थानमा रहेकाे छ । उनका भाइ माधव राव सिन्धिया पनि राजनीतिमा सफल छन् । सिन्धियाकाे २० वर्ष कै उमेरमा विवाह राजा हेमेन्द्र सिंहसित भएकाे हाे । यस दुबै परिवारकाे पुरानाे दुश्मनी चल्दै अाएकाे थियाे। यसका बावजुद विवाह भएकाे थियाे । जुन भारतमा एक इतिहास कायम गरेकाे छ ।