काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वार्ता र संवादमार्फत वर्तमान समस्याको समाधान गर्न सबै पक्षलाई आह्वान गरेका छन्। लोकतन्त्रमा नागरिकले उठाउने मागहरू वार्ताबाट समाधान गर्न सकिने भएकाले संयमित रहनुका साथै जेन्जीका प्रतिनिधिसहित सबै पक्षलाई छलफलमा आउन उनले अपिल गरेका छन्।
राष्ट्रपति पौडेलले जारी गरेको विज्ञप्तिमा मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण निकासका लागि आन्दोलनरत नागरिकलगायत सम्पूर्ण पक्षको सहयोग आवश्यक रहेको उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको भन्दै उनले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै सबैले मिलेर समस्या समाधानमा साथ दिनुपर्नेमा जोड दिएका छन्।















