जहाजमा ७२ जनामध्ये ११ विदेशी, ३ बालबालिका, ३२ जनाकाे शव निकालियाे
काठमाण्डाै – पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका छन्।
विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।
प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो । ‘खस्ने बेलामा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्यो,’ उनले भने,’ठूलो आवाज आयो ।’ ‘घटना ठ्याक्कै १०:५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । विमान सेती नदी खौंचमा दुर्घटना भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।











