मृत अवस्थामा फेला  

55

काठमाडौं, १९ कात्तिक ।

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित नारायण काजी श्रेष्ठको गाई गोठमा हाल नाम, थर, वतन  नखुलेका करिब ५४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-६ तिनचुली कुवाटोल नजिक सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, बढैयाताल गाउँपालिका-१ ठूलो डाँफे दैलेखी चोकस्थित सडकमा रहेको नालीको पानीमा सोही गाउँपालिका-७ बोकटिया बस्ने ४० वर्षीय उपेन्द्र थारु शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, राप्ती सोनारी गाउँपालिका-१ चप्परगौडीस्थित होटेल रेष्ट प्वाईण्टमा बिगत १ वर्षदेखि काम गर्दै आएका दाङ तुल्सिपुर उपमहानगरपालिका-१५ बस्ने ४२ वर्षीय बिनोद भन्ने भद्र बहादुर वली सोही होटेलको हलकोठामा सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका छन् ।

धनुषा, सबैला नगरपालिका-७ मटहीस्थित बाटो छेउमा सोही नगरपालिका-३ महरा टोल बस्ने ५५ वर्षीय शियाराम महरा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जा, कालिगण्डकी गाउँपालिका-५ बासटारी कालिगण्डकी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

मोरङ, विराटनगर महानगरपालिका-१६ खादम खोलाको पुल छेउमा हाल नाम, थर, वतन नखुलेका करिब २४ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।