महेशपुरले बरामद गर्याे, भारी मात्राकाे अवैध सामान

89

लक्ष्मी हरिजन, महेशपुर ।

भन्सार कार्यालय महेशपुरले अवैध रूपमा नेपाल प्रवेश गरेकाे गाडी सहितकाे सामान बरामद गरी कार्वाही चलाएकाे छ ।

तस्करी बढेकाे भनेर जनगुनासाे बढेपछि सुराकीकाे अधारमा बुधवार विहान बिहान ५ बजे २१ लाख ५० हजार बराबरको चिनी बरामद गरीएकाे भन्सार कार्यालयले जनाएकाे हाे ।

चीनी सहितकाे ना ६ ख २१९७ नं. काे ट्रक, लु १ ख ९८ ७१ ट्रक र लु १ च ३६३० पिकअप चालक समेत पक्राउ परेकाे महेशपुर भंसार कार्यालय अधिकृत राम प्रसाद अर्यालको नेतृत्व खटिएको टोलीले प्रतापपुर -२ सेमरी र रामग्राम १२ कुनवारबाट अबैध चिनी बरामद गरेकाे जनाएकाे छ ।

चिनिकाे निर्यात माथि भारतले प्रतिबन्ध लगाएपछि नेपालमा तस्करहरूकाे बिगबिगी बढेकाे छ । बिगबिगी बढेपछि भन्सार कार्यालय सकृय भएकाे छ ।