राजविराज, २३ कार्तिक।
छठ पर्वकाे अवसरमा भिख माग्नेहरूकाे संख्यामा तिब्र वृद्धि भएकाे छ । याे हरेक वर्ष हुने गरेकाे स्थानीयवासीकाे अनुभव छ ।
छिमेकी राष्ट्र भारतसंग जोडिएका तराइका जिल्लाहरुमा महान पर्व छठको पुर्व सन्ध्यामा भिखारीहरू देखिन थालेका छन् ।
प्रदेश नं. २ का मुख्य शहरहरू राजविराज, जनकपुर लगायतका ठाउँमा भारतीय भिखारीहरुले हातमा छठमा प्रयोग हुने सामग्री कोनीया लिएर सयौंको संख्यामा पर्वको बहानामा भिख मागिरहेको प्रसस्त देख्न सकिन्छ ।
भिख माग्ने कार्यमा महिला र युवालाई देख्न सकिन्छ । प्रायः सबेै उमेरका महिला तथा पुरूषहरू देखिए पनि युवा र महिलाहरूकाे उपस्थिती बढी मात्रामा पाइन्छ । भिखारीहरूकाे उपस्थितिले कहिले कांही समस्या समेत उत्पन्न गर्ने गर्छ । छठ पुजामा व्यस्त भइ लागि परेकाे अवस्थामा भिखारीहरूकाे लगातार उपस्थितिले काममा बाधा समेत हुने गरेकाे स्थानीयहरूकाे भनाइ छ ।
छठ व्रत बसेका परिवार अहिले पुजा अराधनाकाे मनस्थितिमा रहेकेा हुन्छ, यस अवस्थामा यिनकाे उपस्थितिलाइ फिर्ता पठाउन हुन्न भन्ने सामाजिक मान्यता छ । यसैकाे फाइदा उठाउन पुगेका भिखारीहरूकाे लागि याे सुनाैलाे अवसरकाे रूपमा लिएकाे पाइन्छ । तर भिखारीहरू उकदमै धेरै संख्यामा पुगेकाले याे अाफैमा एक समस्या बन्न पुगेकाे छ ।
स्थानीय भन्छन्, सरकारले यसकाे नियन्त्रणा गर्नु पर्छ ।






