काठमाडौं, १८ असोज ।
देशभर जारी अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (१९ र २० असोज) देशव्यापी सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका एक उच्च स्रोतका अनुसार देशका विभिन्न भागमा लगातार वर्षापछि पहिरो, बाढी र यातायात अवरुद्धजस्ता समस्या बढेकाले थप दुई दिन बिदा दिने निर्णय गरिएको हो। सरकारी कार्यालयहरू भोलिदेखि नियमित रूपमा सञ्चालनमा आउने तयारी भइरहे पनि प्रतिकूल मौसम र विपद् जोखिमका कारण निर्णय परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ।
यसअघि गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूसँग समन्वय गरी सुरक्षाबारे विशेष छलफल गरेको थियो। छलफलपछि उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षाकर्मी परिचालन गर्ने र आकस्मिक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो।
मौसम पूर्वानुमान महाशाखाले समेत आगामी केही दिनसम्म भारी वर्षा जारी रहने सम्भावना जनाएपछि सरकारले जनताको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरेको जनाएको छ।
गृहकाे सूचनाः
















