10.1 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

बर्दघाटमा स–संगीत रामायण ज्ञान महायज्ञ २०८१ सञ्चालन हुने ।

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ शिवनगरमा रामनवमीको अवसर पारि “स–संगीत रामायण ज्ञान महायज्ञ २०८१” सञ्चालन हुने भएको छ । शिव मन्दिर समिति बर्दघाट ४ शिवनगरको आयोजनामा यहि चैत्र १७ गते आइतबार देखि शिवालय मन्दिर परिसर शिव नगरमा उक्त ज्ञान महायज्ञ संचालन हुन लागेको हो ।
मंगलवार सम्पन्न शिव मन्दिर कार्य समितिको बैठकले “स–संगीत रामायण ज्ञान महायज्ञ २०८१” सञ्चालनका निमित ५ सय १ सदस्यिय महायज्ञ सम्पादन मूल समारोह समिति गठन गरिएको छ । जसको सम्योजक नन्दलाल न्यौपाने रहनुभएको छ । त्यस्तै बैठकले महायज्ञलाई सभ्य र भब्य बनाउन आजै १७ वटा विभिन्न उपसमिति पनि गठन गरिएको सम्योजक नन्दलाल न्यौपाने जानकारी दिनुभएको छ ।
प्रखर रामायण कथा वाचक पण्डित केदारनाथ देवकोटाको मुखार विन्दु बाट शुरु हुने महायज्ञ अवधिभर हरेक दिन पूजा, आराधना, रामायण कथा वाचन, साँझमा महाआरती, फूल प्रसाद वितरण र भजन–कीर्तन गरिने महायज्ञ प्रचार प्रसार समतिका सह–संयोजक नारायण पाण्डेले बताउनुभयो ।
महायज्ञको पहिलो दिन विभिन्न क्लव, संघ संस्था, स्थानीय समाजसेवी, बुद्धिजिवि, आमा समूह, पत्रकार सुरक्षाकर्मी लगाएतको उल्लेखनीय उपस्थितिमा विविध भेष भुषा, कला, संस्कृति झल्कने पहिरनमा झाँकि, नृत्य सहित शिवालय मन्दिर देखि बर्दघाटका विभिन्न स्थान, टोल हुदै शिवालय मन्दिर सम्म शोभा कलश यात्राले परिक्रमा गरिने समितिका सदस्य राम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
चैत्र १७ गते आईतवारदेखि २५ गते सोमबार नौ दिन सम्म सञ्चालन हुने “स–संगीत रामायण ज्ञान महायज्ञ २०८१” को समुद्घघाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नुहुने कार्यक्रम तय भएको समितिका सचिव उमा माया अधिकारीले जानकारी दिनुभएको छ ।
बर्दघाट ४ शिवनगरमा अवस्थित शिव मन्दिरको भौतिक पूर्वाधार विकास एवं सनातन बैदिक धर्म, संस्कृति, परम्पराको संरक्षण तथा सम्बर्धन गर्नका लागि महायज्ञ सञ्चालन गर्न लागेका मन्दिर व्यवस्थापन समितिको अध्यक्ष देवी पौडेलले बताउनुभयो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme